Video : नयाँ वर्षलाई सुनिता दिनेशले ‘हुन्न कसैको’
अखबार टुडे
प्रकाशित:
२०७७, ३१ चैत्र

काठमाडौं, ३१ चैत । नयाँ नेपाली मौलिक लोक दोहोरी गीत ‘हुन्न कसैको’ भिडियो सार्वजनिक गरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्या पारेर यो गीतलाई नयाँ गायिका सुनिता दुलालको च्यानलबाट सार्वजनिक गरिएको हो ।
यो लोकदोहोरी गीतलाई नयाँ पुस्ताकी गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारले गाएका छन् । जसमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ ।
अहिलेका ब्यस्त मानिने मोडल अर्जुन गौतम र आलिशा बास्तोलाले यो गीतको भिडियोमा अभिनय गरेका छन् । यी दुई कलाकारका साथमा प्रकाशकुमार दर्लामी, सौगातजंग थापा, साइमन भट्टराई, कमला बस्नेत, समिक्षा भुजेललगायतको अभिनय रहेको छ ।
भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् । जसमा सुजन श्रेष्ठको छायाँकन रहेको छ । यस गीतको भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाँकन गरिएको छ । भिडियोको कथामा लेकमा बस्ने गोठालोको कथालाई समेटिएको छ ।

प्रतिक्रिया