शब्दयात्रा प्रकाशनद्वारा पत्रकारलाई सम्मान
अखबार टुडे
प्रकाशित:
२०७७, ३१ चैत्र

काभ्रे, ३१ चैत । शब्दयात्रा प्रकाशनले दुई जना सक्रिय पत्रकारलाई सम्मान गरेको छ ।
गएको शनिबार बनेपामा एक कार्यक्रमबीच नागरिक दैनिकका प्रतिनिधि मधुसूदन गुरागाइँ र कामना प्रकाशनका प्रतिनिधि भगवती तिमल्सिनालाई सम्मान गरेको हो । उनीहरुलाई शब्दयात्राका संस्थापक तथा वरिष्ठ पत्रकार हरिगोपाल प्रधानले कदर–पत्रबाट सम्मान गरेका थिए ।
साथै, सोही समारोहमा पत्रकारिताकी विद्यार्थी सुजाता तिमल्सिनालाई नगद १० हजारसहित सम्मान–पत्र प्रदान गरिएको थियो । पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्यले तिमल्सिनालाई सम्मान गरिएको शब्दयात्राका संस्थापक प्रधानले बताए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया