दोलखामा गाडी दुर्घटना : चारको मृत्यु, १७ जना घाइते
अखबार टुडे
प्रकाशित:
२०७७, ३१ चैत्र

काठमाडौं, ३१ चैत । दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा गाडी दुर्घटना भएको छ । सो दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।
दोलखा प्रहरीका डिएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् ।
चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना भएको हो । गएराति साढे १० बजे दुर्घटना भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी बद्री तिवारी र डिएसपी रिजाल घटनास्थलमा पुगेका थिए । घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया