मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहलाई चिनियाँ खोप दिइँदै
अखबार टुडे
प्रकाशित:
२०७७, ३० चैत्र

काठमाडौं, ३० चैत । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको चिनियाँ भेरोसेल खोप मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको छ । मंगलबारदेखि ०७८ वैशाख ५ सम्म खोप उक्त उमेर समूहका नागरिकलाई खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए ।
यही चैत २५ बाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको थियो । १८ देखि ५९ वर्ष समूहका अर्थात् पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउँन पाउने उनले बताए । यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिनेहरूले समेत चिनियाँ भेरोसेल खोप लगाउन पाउँछन् ।

प्रतिक्रिया