घोडेजात्रामा जे देखियो (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०७७, २९ चैत्र

काठमाडौं, २९ चैत । राजधानीमा सैनिक टुँडिखेलमा आइतबार घोडेजात्रा मनाइएको छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो ।

घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका अतिथिहरु टुँडिखेल पुगेका थिए ।
जात्रामा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए । साथै साइक्लिङ र कुकुरहरुको प्रस्तुती समेत गरिएको थियो ।

प्रतिक्रिया