शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी, नियन्त्रणको प्रयास जारी
प्रकाशित:
२०७७, २९ चैत्र

काठमाडौं, २९ चैत । बुढानिलकण्ठ नगरपालिका–१ को शिवपुरी राष्ट्रिय निकुञ्ज पर्ने जंगलमा आइतबार बिहान १० बजे लागेको आगो अझै नियन्त्रण भएको छैन । आगो नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भइरहेको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताएका छन् । उनका अनुसार सुन्दरीजलबाट पानी लिएर आगलागी निभाउने प्रयास भइरहेको छ ।
आगो नियन्त्रणका लागि तीन दमकलसहित प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी खटिएका थिए । जमिनबाट आगो नियन्त्रण गर्न नसकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डको दावी- राजावादीहरूको चहलपहलमा देश बाहिरको पनि चलखेल छ
मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना
पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव- राजनीतिमा आउने भए स्वागत छ
विमानस्थनमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा को को उत्रँदैछन् ?