नेपाल खबर

निरंकुश र स्वेच्छाचारी ढंगले जाने कोशिस भयो भने जनविद्रोह हुन्छ’

फाइल फाेटाे

काठमाडौं, २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई मिच्ने र कुल्चने क्रम जारीरहे पुनः विद्रोहमा जानुपर्ने अवस्था आउने बताएका छन् ।
शनिबार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौंथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सकेसम्म सहज ढंगले जाने बाटो बनोस् भन्ने हाम्रो चाहना हो । यदि त्यसो भएन र साँच्चै संविधानलाई मिच्ने नै कोशिस जारी रह्यो भने, यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश र स्वेच्छाचारी ढंगले नै जाने कोशिस भयो भने एउटा नयाँ खालको जनविद्रोहमा हामी संगठित हुनुपर्ने र विद्रोहमा जानुपर्ने अवस्था आउनसक्छ, केही समयपछि नै ।’ यसो भनेर रक्तपातपूर्ण युद्ध भनेर नबुझ्न समेत उनले आग्रह गरे ।
आन्दोलन शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रुपमा लैजान चाहेको उनले बताए । त्यो परिस्थिति आउनुअघि नै नयाँ सरकार गठन गरेर यो बीचमा भएका ज्यादती सच्याउन र जबर्जस्ती छुट्याएकाहरुको पुनर्मिलन आफूले चाहेको उनको भनाइ छ । उनले भने, ‘त्यसो भएन भने सिंहदरबार भित्रैबाट र देशभरीबाट त्यसको प्रतिवाद गर्नेछौँ ।’
अध्यक्ष प्रचण्डले सबैले एउटा संकल्प लिनुपर्ने बताउँदै भने, ‘सबैको भेला गरेर नेकपा माओवादीलाई एक नम्बरको पार्टी बनाउनुपर्छ ।’ उनले कम्युनिष्ट एकताको झण्डा नछोड्नु नहुने बताउँदै भने, ‘हामीलाई जुटाउने झण्डा छोड्नु हुन्न । तर, यसो भनेर भोली नै एकता हुन्छ भन्ने पनि छैन ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top