सत्ता समीकरणबारे तीन दलको बैठक : जसपामै अड्कियो हलो
अखबार टुडे
प्रकाशित:
२०७७, २७ चैत्र

काठमाडौं । नयाँ सत्ता समीकरणबारे शुक्रबार बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष सकिएको छ ।
सत्ता समीकरणबारे निर्णय गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि बैठकमा बोलाएका थिए । बैठकमा जसपाले समय मागेपछि शुक्रबारको बैठक सकिएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार बैठकमा सभापति देउवाले कांग्रेसले गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णयबारे दलहरूलाई औपचारिक जानकारी गराएका थिए । जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएका थिए । तर, जसपाले कांग्रेसको प्रस्तावबारे पार्टीमा छलफल गरेरमात्र निर्णय गर्ने बताएको थियो ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा सकारात्मक छलफल भएको जसपाको पार्टी बैठक बसेपछि पुन ३ दलको बैठक बस्ने सहमति भएको छ ।

प्रतिक्रिया