बादललाई कारबाही, खड्कालाई स्पष्टिकरण
अखबार टुडे
प्रकाशित:
२०७७, २७ चैत्र

काठमाडौं, २७ चैत । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको छ ।
शुक्रबार गृहमन्त्रीसमेत रहेका बादललाई कारबाही गरिएको राष्ट्रियसभा माओवादी दलका नेता दिनानाथ शर्माले संसद सचिवालयलाई जानकारी गराएको हो । उनले भने, ‘केही दिनअघि प्रतिनिधिसभाका चार सांसदले दलत्याग गरेको सूचना दिएका थियौँ, आज बादलको दिएका हौँ ।’
सचिवालयलाई जानकारी गराइएको उक्त सूचना राष्ट्रियसभा अध्यक्षले सदनलाई जानकारी गराउनुपर्ने हुन्छ । तर, अहिले अधिवेशन चालू नभएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सूचना टाँस गरेर जानकारी दिन सक्ने व्यवस्था छ ।
यस्तै, माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी जनाए ।

प्रतिक्रिया