सत्ता समीकरणबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक
अखबार टुडे
प्रकाशित:
२०७७, २६ चैत्र

काठमाडौं, २६ चैत । नयाँ सत्ता समीकरणबारे छलफल गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई बोलाएका छन् ।
देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जनाएका छन् । माओवादी र जसपासँग छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको बताइएको छ ।
गएको शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसको ठीक एक सातापछि शुक्रबार देउवाले माओवादी केन्द्र र जसपालाई छलफल गर्न लागेका छन् । एमाले बाहेकको सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र जसपाबीचको सहकार्य अनिवार्य छ ।

प्रतिक्रिया