नेपाल खबर

छिट्टै सरकार परिवर्तनको निष्कर्षमा पुग्छौँ : प्रचण्ड

सर्खेत, २६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा सहमतिको नाममा बालुवा पेल्नुको औचित्य नभएको बताएका छन् । बिहीबार प्रतिरोध दिवसको अवसरमा पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सुर्खेतमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले देशमा प्रतिक्रान्तिको खतराका घण्टी बजिरहेको बताउँदै परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तितर्फ अघि बढेको आरोप लगाउँदै उनले भने, ‘सिंहदरबार भित्रबाट या बालुवाटारमा बालुवा पेलेर यो क्रान्ति बच्ने भएन । त्यसैले अब जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ ।’
प्रतिनिधिसभा विघटन गरेर संविधान विरोधी काम प्रधानमन्त्रीबाटै भएको उल्लेख गर्दै उनले आफूहरुले शान्तिपूर्ण रुपमा सो कदमलाई परास्त गर्न लागिपरेको स्मरण गरे ।
अध्यक्ष प्रचण्डले सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपनि प्रतिक्रान्तिको खतरा कायमै रहेको भन्दै प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाले विद्रोहको झण्डासहित उत्रिनुपर्दा त्यो निकै महँगो पर्ने चेतावनी दिए । उनले काठमाडौंमा सरकार परिवर्तनका बैठकहरू निरन्तर चलिरहेको भन्दै त्यसलाई छिटो निष्कर्षमा पुर्याइने पनि बताए । उनले भने, ‘सरकार परिवर्तनको बैठक र छलफललाई तिव्रता दिँदै चाँडै निष्कर्षमा पुग्नेछौँ ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top