अमेरिकाको टेक्ससमा एक नेपालीको गाली हानी हत्या
अखबार टुडे
प्रकाशित:
२०७७, २६ चैत्र

काठमाडौं, २६ चैत । अमेरिकीको टेक्ससमा एक नेपालीमाथि गोली हानी हत्या गरिएको छ । टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको गोली हानी हत्या गरिएको जनाइएको छ । अस्टिन प्रहरी विभागका अनुसार उनलाई मंगलबार साँझ गोली हानिएको थियो ।
अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेको उनको त्यहीँ मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए । थापा एक दशकअघि मेक्सिको हुँदै अमेरिका पुगेका बताइएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया