कोरोना जोखिम : सरकारद्वारा रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह
अखबार टुडे
प्रकाशित:
२०७७, २५ चैत्र

काठमाडौं, २५ चैत । सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गर्दै रात्रीकालीन व्यवसाय ताथ रेष्टुरेण्टहरु ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो ।
पछिल्लो समय कोरोनाभाइरसको संक्रमण जोखिम बढ्ने सम्भावना देखिएपछि त्यसको नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन बढेको यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले काठमाडौंलगायत देशका मुख्य सहरहरुमा कोरोना संक्रमण दर बढ्ने क्रममा रहेको दाबी गर्दै शैक्षिक संस्थाहरु र अन्य भीडभाड हुने ठाउँमा सतर्कता अप्नाउन आग्रह गरेको छ । जारी सूचनामा भीडभाड हुने स्थान सिनेमा हल, स्वीमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । मन्त्रालयले विदेशबाट आउनेहरुका लागि अनिवार्य क्वारेन्टिनमा राख्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया