गण्डकी प्रदेश : माओवादीका दुई मन्त्रीले बुझाए राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७७, २५ चैत्र

पोखरा, २५ चैत । गण्डकी प्रदेश सरकारका आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर मगरले राजीनामा दिएका छन् ।
माओवादी संसदीयदलका नेतासमेत रहेका चुमानले बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए ।
माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै दुवैजना मन्त्रीले राजीनामा बुझाएको हो ।
प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै चुमानले बर्तमान बिडम्बनापूर्ण राजनीतिक परिस्थितिले गर्दा नमिठो निर्णय लिनुपरेको बताए ।

प्रतिक्रिया