चिनियाँ खोप आजदेखि लगाउन सुरु : कहाँ र कसलाई लगाइन्छ खोप ?
अखबार टुडे
प्रकाशित:
२०७७, २५ चैत्र

काठमाडौं, २५ चैत । चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप बुधबारदेखि पहिलो चरणमा लगाउन सुरु गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न १४ वटा स्वास्थ्य संस्थाबाट खोप लगाउन सुरु गरिएको हो ।
वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमामा रहेका केन्द्रबाट खोप लगाउन सुरु गरिएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट पनि यो खोप लगाउन सुरु भएको छ ।
चिनियाँ अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकलगायतलाई यो खोप लगाइँदैछ ।

प्रतिक्रिया