सदर चिडियाखानामा ल्याइयो मान्छे खाने बाघ
अखबार टुडे
प्रकाशित:
२०७७, २४ चैत्र

काठमाडौं, २४ चैत । बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई आज मंगलबार चिडियाखानामा राखिएको हो ।
उक्त बाघले आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्न हात्तीसहित गएका कर्मचारीलाई आक्रमण गरेको थियो । गैँडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घाँस पनि जोहो गर्ने क्रममा बाघका आक्रमणमा परी गुडगाव बस्ने ३४ वर्षीय पुलिसराम थारूको मृत्यु भएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका हरिभद्र आचार्यका अनुसार यही बाघले केही समय अगाडि निउरो टिप्न गएकी एक महिलालाई मारेको आशंका छ । यो बाघले दुई जनाभन्दा बढी मान्छे मारेको देखिएका कारण थप दुर्घटना नहोस् भनेर उद्दार गर्नुपरेको बताइएको छ ।

प्रतिक्रिया