हतियारधारीको आक्रमणपछि १८ सय कैदी भागे
अखबार टुडे
प्रकाशित:
२०७७, २४ चैत्र

नाइजेरिया, २४ चैत (एजेन्सी) । नाइजेरियास्थित एउटा जेलबाट एक हजार ८ सय कैदी भागेका छन् । पिकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेको स्थानीय मिडियाले जनाएको छ ।
सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ३५ जना जेलबाट भाग्न अस्वीकार गरेको र भागेकाहरुमध्ये ६ जना जेलमै फर्किएका थिए ।

प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द इन्डिजिनियर पिपल अफ बियफ्राले आक्रमण गरेको आरोप लगाएको छ । तर सो समूहले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

प्रतिक्रिया