आजको मौसम : पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना
अखबार टुडे
प्रकाशित:
२०७७, २४ चैत्र

काठमाडौं, २४ चैत । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाले मंगलबार नोट जारी गरी हाल देशको पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रहेको र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको हो ।
यसैगरी, आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ ।
महाशाखाले गरेको पूर्वानुमानका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ । त्यसैगरी, पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया