अफगानिस्तानमा तालिवानको आक्रमण, १७ सैनिकको मृत्यु, कैयौँ घाइते
अखबार टुडे
प्रकाशित:
२०७७, २३ चैत्र

काबुल, २३ चैत । अफगानिस्तानमा आइतबार राति भएका छुट्टाछुट्टै तालिवान विद्रोहीको आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ ।
मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । उक्त प्रान्तमा रातभर भएका भिडन्तमा ११ सैनिक मारिएका र अन्य १३ सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिई लगेको बताइएको छ ।
सेनाले आक्रमणमा अफगानी तालिवान विद्रोही लडाकूको सम्लग्नता रहेको दावी गरेको छ ।
उक्त दिन तालिवान विद्रोहीले सेनाबाट खोसेर लगेको गाडीलाई प्रहरी कार्यालयमा विष्फोट गराउँदा कम्तीमा दुई प्रहरीको मृत्यु भएको आठ प्रहरी घाइते भएका बताइएको छ ।
सन् २००१ पहिले सत्ता चलाइसकेको तालिवान समूहले पछिल्लो केही महिनामा सरकारी सुरक्षाकर्मी र तालिवान समूहमा नलागेका सर्वसाधारणको हत्या गर्नेगरेका छन् । Agency

प्रतिक्रिया