फेरि बढ्यो पेट्रोलियमको मूल्य : पेट्रोल प्रति लिटर १२० रुपैयाँ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, २२ चैत्र

काठमाडौं, २२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार (आज) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ मूल्य बृद्धि गरेको हो ।
योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ ।
निगमले यो माघ यता मात्र ६ पटक पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । यसअघि निगमले यही ३ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले १७ फागुन, ४ फागुन र माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रतिक्रिया