विश्व

चीनमा यात्रुबाहक दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु

बेइजिङ, २२ चैत (एजेन्सी) । चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस एकआपसमा ठोकीन्दा भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान चीनको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो ।
घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् ।

Click to comment
To Top