माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित
अखबार टुडे
प्रकाशित:
२०७७, २२ चैत्र

काठमाडौं, २२ चैत । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।
केही नेताहरु उपत्यकाबाहिर भएकाले बैठक बस्न नसकेको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जनाएका छन् । उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।
माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन आइतबारको स्थायी कमिटी बैठकबाट फिर्ताको निर्णय लिने चर्चा थियो ।

प्रतिक्रिया