नेपाल खबर

एमाले रे ओली, के माले-एमाले ओलीले बनाएको हो र ? : नेता नेपाल

काठमाडौं, २१ चैत । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली एमालेको नेता नै नभएको बताएका छन् ।
‘केपी ओली एमाले नतो रे । के एमाले, माले केपीले बनाएको हो ?’ शनिबार आफू निकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘त्यतिखेर त केपी ओली जेलमा थिए । त्यसैले एमालेको लिडर हामी हौँ ।’ उनले अहिलेसम्म आफूले नै पाटी थेग्दै आएको बताउँदै फेरि पनि नयाँ पुस्तालाई समेटेर अगाडि बढ्ने बताए ।
उनले केपी ओलीको फूर्ति प्रधानमन्त्री भइञ्जेलसम्म मात्र भएको समेत बताए नेता नेपालले भने, ‘केपी ओलीको अहिले जुन फूर्ति छ, त्यो प्रधानमन्त्री भइञ्जेलमात्र हो ।’
उनले केपी ओली कम्युनिष्ट आदर्शबाट नै स्खलित भएको समेत आरोप लगाए । ओलीलाई कुर्सीको मात्र प्यारो हुने भएकाले पार्टीलाई छिन्नभिन्न र धराशयी बनाएको उनको भनाइ छ ।
केपी ओलीमा तानाशाह प्रवृतिमा भएको बताउँदै नेता नेपालले भने, ‘तानाशाहमा व्यक्तिवाद हावी हुन्छ । अहंकारीमात्र हुन्छ, कुमाइमात्र हुन्छ । अहिले केपी ओलीमा यही प्रवृति हुर्कँदै गएको छ । यो अति भयो भने अन्त्य हुन्छ । त्यसैले केपी ओलीको अन्त्य सुनिश्चित छ ।’ संगठन नमान्ने र एकलौटी र व्यक्तिवादी कम्युनिष्ट हुनै नसक्ने उनको भनाइ छ ।
नेता नेपालले केपी ओलीले पार्टीको विधानमै नभएको व्यक्तिवादी चरित्र लादेर नेताहरुलाई कारबाही गर्दै आएको बताए । केपी ओलीको एकलौटीको रुपका निलम्बन ग¥यो, कारबाही गरेको भन्दै नेपालले भने, ‘तर हामी डराउनेवाला छैनौँ, कोही खुट्टा कमाउनेवाला छैन । याद रहोस् यो कुरा केपी ओलीलाई, जंगलमा युद्ध लडिरहेका माओवादी द्वन्द्वको समेत हामीले नै समाधान गरेका हौँ । कुनै विदेशी आएर गरेको होइन ।’
केपी ओलीमा मै हुँ पार्टी भन्ने अहँकार र दम्भ भएको बताउँदै नेता नेपालले भने, ‘यस्ता चरित्रका व्यक्तिहरु आफैँ सकिन्छन् ।’ उनले यो अहिलेको लडाइँ पदको होइन, देश, आन्दोलन र परिवर्तनको सिद्धान्तसँग जोडिएको आन्दोलन भएको बताए ।
उनले कार्यकर्तालाई जिल्ला जिल्ला गएर संगठन निर्माणमा लाग्न आग्रह गर्दै भने, ‘तपाइँहरु नडराउनुस्, आतिनु पर्दैन । हामी पार्टीलाई संगठित बनाएर लैजान्छौँ । अहिले गाउँगाउँ र जिल्ला जिल्लामा संगठनको अभाव पनि छ । अब अगाडि बढ्नुपर्छ ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top