‘के लेखुँ शब्दमा’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, २१ चैत्र

काठमाडौं, २१ चैत । सुरज शाही ठकुरीको संगीत र स्वरमा ‘के लेखुँ शब्दमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जंगबहादुर शाही र अमृत घोले लामाको शब्द रहेको छ ।


गीतमा आफ्नी प्रेमीकाको वर्णन गरेको छ । गीतमा लोकप्रिय मोडल निराजन प्रधानसँग आज्ञा कारन्जित फिचर्ड छिन् । पछिल्लो समय नायक अनमोल केसीसँग फिल्म ‘पारस’मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीत हो ।
गीतको सार्वजनिक भिडियोमा आज्ञासँग निराजनको प्रेमभावलाई दर्शाइएको छ । एकअर्का प्रतिको प्रेमलाई लिएर भिडियोलाई शान थापाले तयार गरेका हुन् । एजिएल इन्टरटेनमेन्टकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडीयोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया