ओलीविरुद्ध देशव्यापी संगठित हुन नेपाल पक्षको आह्वान (यस्तो छ विज्ञप्ति)
अखबार टुडे
प्रकाशित:
२०७७, २० चैत्र

काठमाडौं, २० चैत । नेकपा एमालेका बिग्रह झनै चुलिँदै गएको छ । प्रतिनिधिसभा पुर्नस्थापनापछि सर्वोच्च अदालतले एकीकृत नेकपालाई बदर गरेसँगै पुर्ववत अवस्थामा फर्किएको एमालेमा दुई पक्ष यतिखेर आफ्नो साखः जोगाउन संर्घरत छन् ।
नेकपा एमाले ओली पक्ष र नेपाल पक्षको अन्तर संर्घषले चरम रुप लिएको हो । ओली पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षलाई पार्टी विपरित गुटबन्दी गरेको आरोप लगाउँदै कारबाही गरेपछि पार्टी फुट निश्चित अवस्थामा पुगेको छ । तर, नेपाल पक्षले ओलीको कारबाहीलाई मान्यता दिएको छैन ।
ओली पक्षभन्दा आफूहरुसँग धेरै कार्यकर्ता रहेको नेपाल पक्षले दावी गर्दै आएको छ । यतिमात्र नभएर ओलीलाई ठक्कर दिँदै नेपाल पक्षले समानान्तर समिति समेत गठन गर्न थालेको छ । नेपाल पक्षले देशभर कार्यकर्ता आफ्नो पकडमा रहेको समेत दावी गर्दै आएको छ ।
यसैक्रममा शुक्रबार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीविरुद्ध एक हुन आह्वान गरेको छ । ओलीबाट देश, जनता र पार्टीको हितविपरीत क्रियाकलाप भएको भन्दै पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढताका साथ एकताबद्ध रुपमा संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा आह्वान गरेको हो ।
समूहका खनाल–नेपालसहितका ११ नेताले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने ओलीको निर्णय पार्टीको विधानविपरीत स्वेच्छाचारी काम भएको ठहर गरिएको छ ।

प्रतिक्रिया