परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजिँदैछ : दाहाल
अखबार टुडे
प्रकाशित:
२०७७, २० चैत्र

काठमाडौं, २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन् ।
पछिल्ला दिनमा केही मानिसले देखाएको व्यवहार चरम निरङ्कुश भएको टिप्पणी गर्दै उनले परिवर्तनले स्थापित गरेका मूल्य तथा मान्यता उल्ट्याउन भइरहेको प्रयास जनताले परास्त गर्ने बताए ।
प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘नेपाली जनताको सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउन खोजिँदैछ ।’
उनले लोकतन्त्रका मूल्य मान्यता र आन्दोलनका उपलब्धि, शहीदले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई नकारात्मक दिशातिर लैजाने प्रयास भएको बताए ।
अध्यक्ष दाहालले गत पुस ५ गते संसद् विघटन गरेर त्यसको संकेत दिएको भन्दै आन्दोलनको बलमा संसद् पुर्नस्थापना भए पनि खतरा अझै टरिनसकेको स्पष्ट पारे ।
उनले नियम, मूल्य र मान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्बनाको सामना गर्नुपरिरहेको भन्दै यस्तो अवस्थामा श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला भएको बताए ।
प्रतिगमनका विरुद्ध एक भएर जान र आवश्यक

प्रतिक्रिया