दाङमा बस दुर्घटना : दुई जनाको ६ गम्भीर घाइते
अखबार टुडे
प्रकाशित:
२०७७, २० चैत्र

दाङ, २० चैत । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै शुक्रबार साँझ ५ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको डीएसपी मुकुन्द रिजालले बताए ।
उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको डीएसपी रिजालले बताए ।
घाइतेहरुको लमहीकै विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया