नेपाल खबर

‘२०८१ सालको नयाँ वर्षमा याङग्री र लार्केको पानी आउँछ’

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अब काठमाडौं उपत्यकामा याङ्गी र लार्के खानेपानी ल्याउने बताएका छन् । शुक्रबार मेलम्ची खानेपानी आयोजनाको वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘८१ सालको नयाँ वर्षमा याङग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याइनेछ ।’
२०८१ सालसम्मको नयाँ वर्षमा याङग्री र लार्केको पानी काठमाडौंमा ल्याउँदा नाम फर्नुपर्ने बताए । उनले भने, ‘अब मेलम्चीको टनेलमा पानी मिसाउने आयोजनाको नाम भने फेर्नुपर्छ । मेलम्ची भन्दा मानिसले नपत्याउलान्, फेरि के हो–के हो भन्लान् ।’
मेलम्ची खानेपानी आयोजना पूरा हुन ढिलाई भएको प्रति प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । आयोजना ढिलो हुनुमा सरकार नभएर प्राविधिक कारण भएको समेत उनको दावी थियो ।
प्रधानमन्त्री ओलीले मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नहुने बताउँदै भने, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर, तीन वर्षभन्दा बढी लाग्नु हुँदैन ।’ उनले त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिइसकेको समेत बताए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top