चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि दिइँदै
अखबार टुडे
प्रकाशित:
२०७७, १८ चैत्र

काठमाडौं, १८ चैत । चीनले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ । ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । यद्यपि, खोप कहिलेदेखि लगाउने भन्ने मिति तय भैसकेको छैन ।
चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज कोरोनाविरुद्धको ‘भेरासेल’ नामक खोप सोमबार नै नेपाल आइपुगेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको परामर्शपछि चीनबाट अनुदानमा उपलब्ध भएको खोपबारे थप निर्णय लिइने गौतमले बताए ।
यसअघि भारतबाट अनुदान सहयोगमा प्राप्त गरिएको कोभिसिल्ड खोप भने माघ १४ गतेदेखि लगाउन सुरु गरिएको थियो । तर, चीनले उपलव्ध गराएको ८ लाख डोज भेरोसेल खोप भने लगाउने निर्णय भएको छैन । अहिलेसम्म नेपालमा १६ लाख जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् ।

प्रतिक्रिया