घाँस काट्न जाँदा बेपत्ता भएका पाँच किशोरसहित ७ जना भारतमा भेटिए
अखबार टुडे
प्रकाशित:
२०७७, १८ चैत्र

काठमाडौं, १८ चैत । महोत्तरीबाट बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहअनुसार उनीहरु भारतको सीतामढीमा फेला परेका छन् ।
बेपत्ता भएकाहरुको अभिभावक र प्रहरी टोली त्यहाँ पुगेको बताउँदै उनले नेपाल ल्याउने काम भइरहेको बताए । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा खोजबिन गर्दा फेला परेका हुन् ।
घाँस काट्न गएका भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका उनीहरु मंगलबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भइ हाल भारतमा भेटिएकाहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् ।

प्रतिक्रिया