‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका लागि सती जानुपर्ने हो ?’
अखबार टुडे
प्रकाशित:
२०७७, १७ चैत्र

काठमाडौं, १७ चैत । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले माओवादीसँग हतियार र लडाकु दुवै नभएकाले कोही पनि नडराउने टिप्पणी गरेका छन् ।
मंगलबार रिपोर्टस् क्लबको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको समेत आरोप लगाए ।
कार्यक्रममा प्रचण्डको चर्को आलोचनामा खचिएका ओलीले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’ उनले एमाले र माओवादीबीच एकीकरण गर्दा आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति गरेको स्वीकार गर्दै भने, ‘आधा आधाको कागज बीचैमा च्यातेर कार्यकारी (अध्यक्ष) लेखाएको होइन ?
प्रधानमन्त्री ओलीले थपे, ‘एउटा समय थियो म मात्र बोल्थेँ । मानिसहरु हतियार र लडाकुसँग डराउँथे । तर, अब ती दिन गए ।’ नेकपा भन्ने पार्टीभित्रका व्यक्तिको घिनलाग्दो महत्वाकांक्षाका कारण अहिले मुलुकमा अस्थिरता आएको ओलीको दावी छ । उनले केही मान्छेको तीव्र महत्वाकांक्षाका लागि आफूले प्रधानमन्त्री पद नछाड्ने अडान राख्दै भने, ‘आज देशलाई संकट परेको छ भने तिनै मान्छेका कारण छ, कहाँ तानाशाही भएको छ ?’

प्रतिक्रिया