जीवनशैली

हरिगोपालको ‘यो मुटुमा सधैँभरि’ले राख्यो ‘विश्व कीर्तिमान’

काठमाडौं, १७ चैत । वरिष्ठ गीतकार हरिगोपाल प्रधानले हवाइ जहाजभित्र आफ्नो सांगीतिक एल्बम ‘यो मुटुमा सधैँभरि’को विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।
काठमाडौंदेखि नयाँदिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र ३६ हजार फिटको उचाईमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एल्बमको विमोचन गरेका थिए ।
उक्त एल्बमको उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नै कार्यालय, हरितगृहमा आयोजित एक कार्यक्रमबीच विमोचन गरेका छन् । सो समारोहमा उपराष्ट्रपति पुनले बरिष्ठ फोटो पत्रकारसमेत रहेका गीतकार प्रधानलाई विश्व रेर्कडको प्रमाणपत्र हस्तान्तरण गरे ।

शहरी विकास राज्यमन्त्री मानन्धर, वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वाल, चर्चित ¥यापर निर्णय श्रेष्ठले गीतकार प्रधानलाई सम्मान गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का फोटोपत्रकार प्रदीपराज वन्त र मोडल कृजना डंगोल, सिनोमाटोग्राफर सोहन मानन्धर तथा कोरियोग्राफी डाइरेक्सन आराध्या लक्ष्मी खड्गी ेलगायतको सहभागिता थियो ।
‘संसारमा कसैले नगरेको कार्य गरि विश्व रेकर्ड बनाउने काम आफैँमा गा¥हो काम हो’ भन्दै उपराष्ट्रपतिले गीतकार प्रधानलाई बधाइ दिए । मन्त्री मानन्धरले उक्त कार्यले देश चिनाउने काममा टेवा पुगेको बताए ।
यस्तै, वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष कट्वालले गीतकार प्रधानको अथक मिहिनेत र प्रयासबाट यो रेकर्ड बन्न सफल भएकामा शुभकामना दिए ।
एल्बममा गायिका सरिता अधिकारी, संगीतकार किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर, अमूल कार्की ढली, रेकर्डीस दीप तुलाधर, फोटोग्राफर÷प्रोडक्सन राजेश मानन्धर, फोटोग्राफर÷प्रोडक्सन पद्यमसागर कक्षपति, ड्रेस डिजाइनर शोभा महर्जन, ड्रेस डिजाइनर कुसुम श्रेष्ठ, मोडेल कलाकार कुसुम तामाङ, मेघना महर्जन, निलम तामाङ, नेहा महर्जन, शृँंगार हिमा पुन मगर, मनु थापा मगर, रेखा बलामी, प्रोडक्सन मेनेजर निकेश सुवेदीलगायतको क्रियाशिलता छ । यस एल्बमलाई शब्दयात्रा प्रकाशनले ल्याएको हो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top