माधव पक्षलाई हटाएर एमालेको १०औँ महाधिवेशन आयोजक कमिटी गठन
अखबार टुडे
प्रकाशित:
२०७७, १७ चैत्र

काठमाडौं, १७ चैत । नेकपा एमाले ओली पक्षको केन्द्रीय समितिको दशौं बैठकले १०औँ राष्ट्रिय महाधिवेशन गर्नका लागि बनाएको महाधिवेशन आयोजक समितिको नामावली सार्वजनिक भएको छ ।
परिवर्तित परिस्थितिअनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत ७ चैतमा एमाले केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।
जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहेका छन् । तर, सो निर्णयको माधव नेपाल पक्षले भने विरोध गर्दै आएको छ ।
एमालेले सार्वजनिक गरेको महाधिवेशन आयोजक कमिटीमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई भने समेटिएको छैन । २६४ सदस्यीय १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको नामावली मंगलबार सार्वजनिक गरेको हो ।

गठननेकपा एमाले ओली पक्षले यसअघि नै महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया