नेपाल खबर

ओलीविरुद्ध देशव्यापी अभियान चलाउन कार्यकर्तालाई नेता नेपालको आह्वान

काठमाडौं, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देशव्यापी अभियान चलाइने बताएका छन् । उनले देशैभरिका कार्यकर्तालाई मैदानमा उत्रन आह्वानसमेत गरे ।
एमाले अध्यक्ष ओलीले सोमबार बरिष्ठ नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्वन गर्ने निर्णय गरेलगत्तै उनले आक्रामक प्रतिक्रिया दिएको हो ।
बरिष्ठ नेता नेपालले केपी ओली एमालेको अध्यक्ष नरहेकाले उनीमा कारबाही गर्ने कुनै अधिकार नरहेको समेत बताए । उनले भने, ‘ओली आफैं केन्द्रीय कमिटी भंग गरेर यसरी कारवाही गर्न मिल्दैन ।’
नेता नेपालले केपी ओली अहिले नेकपा एमालेको अध्यक्ष नभएको जिकिर गर्दै भने, ‘उहाँ एमाले केन्द्रीय कमिटीको अध्यक्ष होइन । उहाँले एमालेको केन्द्रीय कमिटी भंग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम गर्ने उहाँसँग केही पनि अधिकार छैन ।’ उनले आफूले निलम्वन गरेको पत्र नपाएको भन्दै अब देशव्यापीरुपमा ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top