३७ वर्षको अन्तरालपछि ‘थ्री नेशन कप’ उपाधि नेपाललाई
अखबार टुडे
प्रकाशित:
२०७७, १६ चैत्र

काठमाडौं, १६ चैत । नेपालले काठमाडौको दशरथ रंगशालमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालका लागि १८औँ मिनेटमा सञ्जोग राई र ४२औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१आँैं मिनेटमा गोल फर्काएको थियो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए । ३७ वर्षको अन्तरालपछि नेपालले पहिलोपटक घरेलु मैदानमा यो ट्रफी हात पारेको हो ।

प्रतिक्रिया