फागुपूर्णिमाले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति
अखबार टुडे
प्रकाशित:
२०७७, १५ चैत्र

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने बताएकी छन् । फागुपूर्णिमा अर्थात होलीको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवं समृद्धिका कामना गर्दै राष्ट्रिपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी छन् ।
राष्ट्रपति भणडरीले शुभकामना सन्देशमा कोभिड–१९ को महामारी टरिनसकेको अवस्थामा पूर्ण सवधानीका उपायहरू अपनाएर फागुपूर्णिमा पर्व मनाउनसमेत अनुरोध गरेकी छन् ।
होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्ने र लोक संस्कृतिको प्रवद्र्धन गर्न उत्प्रेरण प्रदान गर्ने उनले सन्देशमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया