कांग्रेसको आकस्मिक केन्द्रिय समिति बैठक बस्दै
अखबार टुडे
प्रकाशित:
२०७७, १४ चैत्र

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ । नेता नविन्द्रराज जोशीको निधनपछि आकस्मिक बैठक बोलाएको हो ।
बैठक शनिबार बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको छ । बैठकले जोशीको निधनप्रति शोक व्यक्त गर्दै पार्टीको झण्डा झुकाउनेसहित औपचारिक कार्यक्रमहरु स्थगित गर्ने तयारी गरेको छ ।
नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले जोशीको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
जोशीको असामायिक निधनले आफू मर्माहित भएको सभापति देउवाले बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका नेताहरुले दुःख व्यक्त गरेका छन् ।
गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि जोशीलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी उद्योग मन्त्री समेत भएका थिए ।

प्रतिक्रिया