काठमाडौंमा वायुप्रदुषण : घरबाहिर ननिस्किन स्वास्थ्य मन्त्रालयको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७७, १३ चैत्र

काठमाडौं, १३ चैत । काठमाडौंको आकाशमा वायुप्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ । शुक्रबार साँझ विज्ञप्ति निकाल्दै मन्त्रालयले घरबाहिर खुल्ला स्थानमा नबस्न, नखेल्न र मर्निङवाक समेत नजान आग्रह गरेको हो ।
मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत मन्त्रालयले सचेत गराएको छ ।
‘घर बाहिर निस्कै परे अनिवार्य मास्क प्रयोग गरौं’ मन्त्रालयले भनेको छ, ‘कोभिड–१९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालन गरांै÷गराऔँ ।’
यस्तै धँवा, धुलो उड्ने खालका पेशा, व्यावसाय र निर्माण कार्यहरु केही दिनलाई रोक्न र अत्यावश्यक नभई सवारी साधन पनि नचलाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया