प्रदेश १ : प्रचण्ड छाडेर ओलीतिर लागेका आङबोहाङ अर्थमन्त्री !
अखबार टुडे
प्रकाशित:
२०७७, १३ चैत्र

विराटनगर, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् पुर्नगठन गर्दैछन् । नयाँ मन्त्रीहरुको शुक्रबार नै सपथग्रहण राखिएको छ ।
पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । त्यस्तै, उषाकला राई सामाजिक विकासमन्त्रीमा चयन गरिँदैछ ।
हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषि र कला घले कृषि राज्यमन्त्री तथा मोरङका राजकुमार ओझा वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार अर्को साता थप मन्त्री समेटेर ११ सदस्यीय मन्त्रिपरिषद् बनाइँदैछ ।

प्रतिक्रिया