सुरक्षाबलको कारबाहीमा परी १२ तालिवानीको मृत्यू
अखबार टुडे
प्रकाशित:
२०७७, १२ चैत्र

काबुल, १२ चैत (एजन्सी) । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा आतङ्ककारीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा अन्य पाँच तालिवान लडाकू घाइते भएका पनि सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ ।
तालिवान लडाकू लुकेर बसेको इलाकालाई लक्षित गरेर सो कारबाही भएको थियो । कान्दाहार प्रान्तको आर्घान्दाब र मिवान्द जिल्ला तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित भएको यस कारबाहीको क्रममा १२ लडाकू मारिनुको साथै अन्य पाँच घाइते भएका थिए ।
यस कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीले योजना गरेको एम्बुस, विस्फोटक पदार्थ ५५ थान बरामद गरेको बताइएको छ । यस कारबाहीको क्रममा सर्वसाधारण नागरिक र सुरक्षा अधिकारीहरु भने हताहत नभएका समाचारमा जनाइएको छ । तालिवान लडाकू समूहले भने यस कारबाहीको विषयको केही टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया