कोरोना जोखिम : गृहले थाल्यो क्वारेन्टिन र आइसोलेसनको विवरण संकलन
अखबार टुडे
प्रकाशित:
२०७७, ११ चैत्र

काठमाडौं, ११ चैत । कोरोना भाइरसको संक्रमण जोखिम बढ्ने सम्भावना देखिएपछि गृह मन्त्रालयले देशभरिका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण संकलन सुरु गरेको छ ।
छिमेकी मुलmुक भारतमा कोरोना भाइरसको दोस्रो लहर चलेको भन्दै फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन सेन्टरबारे विवरण अपडेट गराउन परिपत्र गरिएको बताएका छन् ।
कोरोना संक्रमणको जोखिम बढको भन्दै स्वास्थ्य मन्त्रालयले मंगलबार नै विज्ञप्ति जारी गर्दै सर्तक रहन अनुरोघ गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयको विज्ञप्तिलाई सहयोग हुने गरी भिडभाड हुने र धेरै मानिस जमघट हुने गोष्ठी पनि नगराउन भनिएकले सोही अनुसार ७७ जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउन भनिएको उनले बताए ।
केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना संक्रमण फैलिन सक्ने भएकाले भिडभाड, सभा, जुलुस नगर्न आह्वान गरेको थियो ।

प्रतिक्रिया