कोरोना जोखिम : कन्चरनपुरमा आंशिक निषेधाज्ञा जारी
प्रकाशित:
२०७७, १० चैत्र

काठमाडौं, १० चैत । कोरोना संक्रमणको जोखिम बढेको भन्दै कञ्चनपुरमा मंगलबार रातिदेखि लागू हुनेगरी आंशिकरूपमा निषेधाज्ञा जारी गरिएको छ ।
भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै कञ्चनपुर प्रमुखजिल्ला अधिकारीले आंशिकरूपमा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा होलीलगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ ।
यस्तै, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ । गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला रहनेछ । यी बाहेकका नाका र बिन्दुबाट आवतजावत पूर्ण रूपमा बन्द हुने भएको छ ।
यस्तै, नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनुपर्ने र विवरण टिपाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका
अमेरिकाले सोध्यो- के राष्ट्रसंघीय सहायता निकायको कम्युनिस्टसँग सम्बन्ध छ ?
गाजामा इजरायलद्वारा हवाई आक्रमण, तीन पत्रकारसहित नौ जनाको मृत्यु
ट्रम्प प्रसाशनद्वारा रसियासहित यी ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी
‘पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी छैन’