केपी ओलीको स्पष्टीकरणबाट तर्सिएका छैनौँ : नेता नेपाल
अखबार टुडे
प्रकाशित:
२०७७, १० चैत्र

काठमाडौं, १० चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले पार्टी फुटाएको आरोप लगाएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणले नतर्सिएको भन्दै नेता नेपालले भने, ‘तपाइँहरुलाई अलिकति पनि नपरोस्, हामी केपी ओलीको स्पष्टीकरणबाट तर्सिएका छैनौँ । मैदान छोडेर भाग्नेवाला छैनौँ । पार्टी हामी फुटाउनेवाला छैनौँ ।’
युवा विद्यार्थीलाई सम्बोधनका क्रममा उनले इतिहास बताउन बाँकी नै रहेको बताए । पार्टी भित्रको चुनौतीको सामना गर्नुपर्नेमा उनले जोड दिए । नेता नेपालले आफ्नो पनाती जन्मिएपनि युवा नै ठान्ने बताए । अझै संगठन बनाउन ७७ जिल्लामा पुग्ने उनको भनाइ छ ।
लामो संघर्षपछि ठाउँमा पुगेका मान्छेले धोका दिएको भन्दै ओलीप्रति उनले आपत्ति जनाउँदै भने, ‘पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय कार्यकर्ता भेला गरिएको हो ।’

प्रतिक्रिया