माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ला ? कानुन व्यवसायीसँग परामर्श गर्दै
अखबार टुडे
प्रकाशित:
२०७७, १० चैत्र

काठमाडौं, १० चैत । नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव, समर्थन फिर्ता र नेकपाबारे सर्वोच्चले गरेको फैसलाबारे कानुन व्यवसायीसँग छलफल गरेको छ ।
मंगलबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा माओवादी केन्द्रले कानुन व्यवसायीसँग यसबारे छलफल गर्दै सुझाव मागेको हो । छलफलमा वर्तमान सरकारको हैसियतबारे पनि कुरा उठाइएको एक नेताले बताए ।
कानुन व्यवसायीहरुले सवै विषयमा काुननी व्यवस्था र अवलम्बन गर्नुपर्ने बाटोबारे सुझाव दिएको सांसद रामनारयण बिडारीले जानकारी दिए । उनले भने, ‘समर्थन फिर्ता कसरी गर्न सकिन्छ ? प्रधानमन्त्रीले विस्वासको मत कसरी लिनुहुन्छ ? अहिलेको सरकारको हैसियत के हुन्छ ? त्यसबारेमा हामीले पुनरावलोकन गर्न उचित हुन्छ भन्ने सुझाव दियौँ ।’ उनले आजको छलफल र सुझावपछि पार्टीले निर्णय गर्ने बताए ।

प्रतिक्रिया