फेरि बढ्न थाले कोरोना संक्रमित, भेला र जुलुस नगर्न आग्रह
अखबार टुडे
प्रकाशित:
२०७७, ८ चैत्र

काठमाडौं, ८ चैत । कोरोनाभाइरसको संक्रमण दर फेरि बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो ।
भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजरलगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय कोरोना संक्रमणप्रति मानिसहरुको बेवास्ता भइरहेको छ । बजारमा भीडभाड उस्तै छ । कसैलाई कोरोनाको डर छैन । निस्फिक्री मानिसहरुको बजारमा हिडिरहेका छन् भने जुलुस र सभाहरु पनि भइरहेको छ । भारतका पनि यस्तै खेलाँची गर्दा पुरानै अवस्थामा संक्रमण देखिन थालेको छ ।

प्रतिक्रिया