कांगेसका असन्तुष्टहरुको नेता पौडल निवासमा रणनीतिक बैठक
अखबार टुडे
प्रकाशित:
२०७७, ८ चैत्र

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरूको बैठक बसेको छ । नेता पौडेलको निवासमा बोहराटारमा १ बजेबाट बसेको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ ।
बैठकमा ओली सरकारको विकल्प र कांग्रेसको भूमिका र अन्य दलहरूसँग साझेदारीबारे छलफल हुने बताइएको छ । कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको आरोप लागिरहेका बेला हुन लागेको यो बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव,डा.मिनेन्द्र रिजाललगायत नेताहरूलाई बैठकमा सहभागी रहेको एक नेताले बताए ।
पार्टी सभापति शेरबहादुर देउवा नयाँ गठबन्धन निर्माणमा अग्रसर नदेखिएको भन्दै सक्रिय भूमिका निर्वाह गर्न पार्टीभित्रैबाट दबाब दिँदा पनि उनी मौन रहेकामा पौडेल पक्ष असन्तुष्ट छ । ओलीको विकल्प खोज्न देउवालाई दबाद दिने रणनीतिअनुसार यो बैठक बोलाइएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया