ड्रेस टु इम्प्रेस-३ : शुक्रबार ९८ जना डिजाइनरहरु भिड्दै
अखबार टुडे
प्रकाशित:
२०७७, ७ चैत्र

काठमाडौं, ७ चैत । ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ मा ९८ जना डिजाइनरहरु प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धी डिजाइनहरुले शनिबार प्रि-जर्जिङ राउण्डमा फेस गरेका छन् ।
इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुँदैछन् । बागबजारस्थित आईआईएफटीकै कार्यलयमा भएको प्रि–जजिङ राउण्डमा फेसन डिजाइनर महेश महर्जन, निभा श्रेष्ठ, व्यवसायी मञ्जु महर्जन र कोरियोग्राफर रोजिन शाक्य निर्णायक थिए ।
यही आउँदो शुक्रबार ललितपुरस्थित याक प्यालेसमा हुने ग्राण्डफिनालेका लागि सम्पूर्ण तयारी पूरा भएको आईआईएफटीका निर्देशक तेन्जिङ शेपाले बतए ।
इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुनेछन् । यस डिजाइनर कन्टेस्टमा प्रतिस्पर्धीहरु आईआईएफटीकै विद्यार्थी हुन् ।
बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुको आत्मविकास अविबृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरेको आईआईएफटीका निर्देशक शेर्पाले बताए ।
‘डेस टु इम्प्रेस’मा प्रतिस्पर्धी डिजाइनरहरुलाई मोडल तथा कोरियोग्राफी विपना थापाले प्रशिक्षण दिइरहेकी छन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् ।
प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् । यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए । कार्यक्रमलाई थप आर्कषक बनाउन सांगीतिक कार्यक्रमसमेत हुने आईआईएफटीले जनाएको छ ।

प्रतिक्रिया