‘बेस्ट फिगर’ र ‘फिजिक्स’को प्रतिस्पर्धा
अखबार टुडे
प्रकाशित:
२०७७, ७ चैत्र

काठमाडौं, ७ चैत । सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल–२०२१’को छैटौँ संस्करणका प्रतियोगी मोडलहरुले शनिबार बेस्ट फिगर र फिजिक्स राउन्डका लागि आफ्नो प्रस्तुती दिएका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा उक्त राउन्डमा रजनी श्रेष्ठ र सुवर्ण खड्का निर्णायक थिए । ‘मोडल हन्ट नेपाल–२०२१’को ग्राण्डफिनाले आगामी यही आउँदो १४ चैतमा हुँदैछ । यस पटकको प्रतियोगितामा ३५ जना पुरुष र ३३ महिलाले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया