एमालेकाे बालुवाटार बैठकमा टुप्लुक वामदेव
प्रकाशित:
२०७७, ७ चैत्र

काठमाडौं, ७ चैत । नेकपा एमालेका नेता वामदेव गौतम पार्टीको बालुवाटार बैठकमा सहभागी भएका छन् । उनी भर्खरै बालुवाटार प्रवेश गरेका हुन् । नेता गौतम सहभागी भएपनि माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।
शनिबार पार्टीको संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । सोही बैठकमा गौतम सहभागी बालुवाटार पुगेका हुन् । पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेता गौतमले शुक्रबार नै सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । तर, पार्टीका माधव झलनाथ पक्षले अस्वीकार गरेका थिए । माधव–खनाल पक्ष बैठकमा सहभागी नभएको एक नेताले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त