यी हुन् प्रतिनिधिसभा बैठकमा धेरै गयल हुने सांसदहरु (नामावलीसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, ६ चैत्र

काठमाडौं, ६ चैत । प्रतिनिधिसभाको सचिवालयले बैठकमा धेरै गयल हुने सांसदहरुको नामावली सार्वजनिक गरेको छ । सविचालयले उपलब्ध गराएको विवरणअनुसार ११ सांसद सबैभन्दा धेरै गयल परेका छन् । उनीहरु अधिकांश बिरामी भएर उपचार गर्न र पर्व मनाउन भनेर बिदा बसेको देखिएको छ ।

यि हुन् प्रतिनिधिसभाको बैठकमा गयल हुने ११ सांसद :
१. नेपाली कांग्रेसका सांसद नागेन्द्र कुमार
अनुपस्थित बैठक संख्या : २५
गयल हुनुको कारण : अस्वस्थ
२. नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसी (स्वर्गीय)
अनुपस्थित बैठक संख्या : २१
३. नेकपा एमालेका सांसद नवीना लामा
अनुपस्थित बैठक संख्या : १९
गयल हुनुको कारण : उपचारका लागि भारत
४. नेकपा एमालेका सांसद कलिला खातुन
अनुपस्थित बैठक संख्या : १७
गयल हुनुको कारण : इद मनाउन बिदा
५. माओवादी केन्द्रका सांसद यशोदा सुवेदी गुरुङ
अनुपस्थित बैठक संख्या : १४
गयल हुनुको कारण : अस्वस्थ
६. माओवादी केन्द्रका सांसद निर्जला राउत
अनुपस्थित बैठक संख्या : १४
गयल हुनुको कारण : अस्वस्थ
७. माओवादी केन्द्रका सांसद सुरेशचन्द्र दास
अनुपस्थित बैठक संख्या : १३
गयल हुनुको कारण सांसद विकास कार्यक्रमले जिल्लामा गएकाले
८. नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्ना
अनुपस्थित बैठक संख्या : ११
गयल हुनुको कारण : घरायसी काम
९. नेपाली कांग्रेसका सांसद महेन्द्रकुमारी लिम्बू
अनुपस्थित बैठक संख्या : ११
गयल हुनुको कारण : विदेशमा औषधि उपचार
१०. जसपाका सांसद रुही नाज
अनुपस्थित बैठक संख्या : ११
गयल हुनुको कारण : रमजान पर्व मनाउन बिदा
११. नेकपा एमालेका सांसद केदार सिग्देल
अनुपस्थित बैठक संख्या : १०
गयल हुनुको कारण : घरायसी काम
यी ११ जनामध्ये कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन भइसकेको छ । बाँकी १० सांसद औषधि उपचार, घरायसी त कोही पर्व मनाउन बिदा बसेको उल्लेख छ ।

प्रतिक्रिया